१ कार्तिक २०८३, आइतबार

राजधानी सार्ने प्रस्ताव अस्वीकार गर्दै नेकपा सांसद् श्रेष्ठले दिए राजीनामा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असोज । रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले प्रदेश ५ को कानून मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका छन् ।

पदसँग राजधानी साटेको आरोप लागेको हुँदा उक्त पदबाट राजीनामा दिएको श्रेष्ठले बताएका छन् । केही समयअघि सांसद् श्रेष्ठलाई प्रदेश सरकारले प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिको सभापतिमा नियूक्त गरेको थियो ।

बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन् । उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका छन् ।

सोमबार बिहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सांसद् श्रेष्ठ सहभागी भएका छैनन् ।

उता उनीलगायत अधिकांश सांसदहरु अनुपस्थित रहेपछि बैठक नै अनिश्चित बनेका छ । करिब १ण् बजेसम्म नेकपाका ६१ जना सांसदमध्ये २० मात्रै संसदीय दलको कार्यालयमा पुगेको बताइएको छ ।

संसदीय दलको कार्यालयमा नपुग्नेमा मुख्यमन्त्री शंकर पोखरेल, प्रमुख सचेतक भूमिश्वर ढकालसहित ४१ जना सांसद अनुपस्थित छन् ।