१ कार्तिक २०८३, आइतबार

नेकपा प्रदेश ५ संसदीय दलको बैठकमा मुख्यमन्त्रीसहित ४१ जना सांसद अनुपस्थित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असोज । सोमबार बिहान ७ बजेका लागि तय भएको नेकपा प्रदेश ५ संसदीय दलको बैठक अझै शुरु भएको छैन ।

मुख्यमन्त्री शंकर पोखरेलसहित ४१ जना सांसदहरु अनुपस्थित भएपछि सो बैठक बस्न नसकेको बताइएको छ । बैठकमा सहभागी हुन प्रदेशका मन्त्रीहरू समेत संसदीय दलको कार्यालयमा पुगिसकेका छैनन् ।

यो समाचार तयार पार्दासम्म संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल समेत बैठक स्थलमा पुगेका छैनन् । नेकपाका ६१ जना सांसदमध्ये २० सांसद मात्रै संसदीय दलको कार्यालयमा पुगेको बताइएको छ ।