१ कार्तिक २०८३, आइतबार

बीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १९ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकमा मिर्गौला र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

यससँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको श्रेष्ठले जानकारी दिए ।