३० आश्विन २०८३, शुक्रबार

कृषि पेशामा लागेका युवाहरुलाई ७७ लाख अनुदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaगजुरी (धादिङ), ६ चैत । जिल्ला पशुसेवा कार्यालयले यहाँका युवालाई रु ७७ लाख अनुदान दिएको छ ।

कार्यालयले चालु आवको चैत पहिलो हप्तासम्म नियमित अनुदानतर्फ २४ फार्म र विषेश अनुदानतर्फ १४ सहित ३८ फार्मलाई अनुदान दिने निर्णय गरेको छ ।

जिल्ला पशुसेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगवतका अनुसार साना किसान कृषि सहकारी संस्था बेनीघाट, बज्रबाराही कृषि सहकारी संस्था खरी, मङ्गलादेवी कृषि सहकारी संस्था मार्फाक र हाडीखोला कृषि तथा पशुपालन सहकारीलाई बङ्गुरपालका लागि प्रतिसहकारी संस्था रु आठ लाख ३० हजारका दरले दिने निर्णय भइसकेको छ ।

यसैगरी साकार पोल्टी फार्म चैनपुरलाई कुखुरा विकास कार्यक्रमबाट रु चार लाख, गणेश कुण्ड भेडापालन कृषक समूह लापालाई भेडा विकास कार्यक्रमबाट रु ५० हजार, नलाङ एग्रोटेक लाइभस्टक प्रालि नलाङलाई बाख्रा विकास कार्यक्रमबाट रु ५० हजार र उदय राई फार्म जीवनपुरलाई गाईभैँसी गोठ सुधार निर्माण व्यवस्थापन कार्यक्रमबाट रु ७५ हजार अनुदान दिइएको छ ।

पशुपंक्षी बधस्थल सुधार कार्यक्रमबाट लक्ष्मी सप्लार्यस, प्ररित सुद्धिकरण मासु पसल र रामकोट मिट सपलाई मासु पसल सुधार गर्न प्रतिपसल रु ५० हजार, जयसन्तोषी माँ इन्टर प्राइजेज र पशुपति दुग्ध उत्पादक सहकारी संस्थालाई रु ५० हजारका दरले चिलिङ भ्याट खरिद गर्न तथा लुईंटेल गाई फार्मलाई क्यान किन्न रु पाँच हजारसमेत अनुदान दिएको छ ।

युवा लक्षित विषेश कार्यक्रमअन्तर्गत मझौलास्तरका छाँगादेवी पशुपालन तथा घाँस विकास फार्म गोगनपानी र कृषक प्रेरक पशु विकास तथा कृषि फार्म त्रिपुरेश्वरलाई प्रतिफार्म रु तीन लाखका दरले दिने अन्तिम निर्णय भएको छ ।

गाईभैँसीको नयाँ फार्म स्थापना र सञ्चालन गर्न जैविक कमर्सियल फार्मिङ टे«निङ प्रोग्राम एण्ड लाइभस्टक फार्म छत्रे देउराली, डाँडाबारी पशुपालक कृषक समूह कुम्पुर, जबज गाई फार्म नौबिसे, स्मार्ट एग्रिकल्चर एण्ड लाइभस्टक फार्म नीलकण्ठ, श्रेष्ठ गाई फार्म नीलकष्ठ, केवलपुर कृषि फार्म केवलपुर, रिषेश्वर ढुङ्गाना नीलकण्ठ र दर्शन एग्रिटेक फार्म बेनीघाटलाई प्रतिफार्म रु दुई लाख दिने निर्णय भएको पशु सेवा कार्यालयले जनाएको छ । रासस