काठमाडौं, ६ चैत । नेपाल भ्रमणमा रहेको मकाओका निर्माण व्यवसायीहरुले नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भेटघाट गरेका छन् ।
विहीवार राति राजधानीमा भएको एक कार्यक्रबीच दुई देशका व्यवसायीहरुबीच भेटघाट भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले विदेशी लगानीकर्ताहरुका लागि नेपाल आर्कषक गन्तव्य भएकाले नेपालको निर्माण क्षेत्रमा लगानी गर्न मकाओका व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
जवाफमा निर्माण व्यवसायी संघ मकाओका अध्यक्ष टाङ होन चेओङ फरेस्टले नेपालमा काम गर्न मकाओका व्यवासायीहरु तयार रहेको भन्दै छिट्टै नेपालमा काम शुरु गर्ने जानकारी दिनुभयो ।
फरेस्टका साथ निर्माण व्यवसायी संघ मकाओका सदस्य गाओ वेङ फक्स, एनआरएन मकाओका अध्यक्ष सुदर्शन थापा, सदस्य प्रेमकुमार विक हाल नेपाल भ्रमणमा हुनुहुन्छ ।
उहाँहरु सबैलाई नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । नेपाल निर्माण व्यवसायी महासंघका सिइओ कृष्ण पोख्रेलले मकाओका व्यवसायीहरुलाई नेपालमा स्वागत गर्न पाउँदा महासंघ गौरवान्वित भएको भन्दै उहाँहरुको नेपाल भ्रमणको सफलताको कामना गर्नुभयो ।
निर्माण व्यवसायी संघ मकाओका अध्यक्ष फरेस्ट नेतृत्वको टोलीले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई पनि भेट्ने कार्यक्रम रहेको एनआरएन मकाओका अध्यक्ष सुदर्शन थापाले जानकारी दिनुभयो ।















प्रतिक्रिया