६ मंसिर २०८३, आइतबार

बाँकेमा काेराेनाबाट थप एक जनाकाे मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ९ असाेज । काेराेना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

नेपालगञ्जका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हाे । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे थियाे ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृत्यु भएका व्यक्तिलाइ फोक्सोको निमोनिया रहेकाे बताए ।

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।