११ कार्तिक २०८३, बुधबार

कृष्णनगर भन्सारबाट ३७ किलाे लागूऔषध चरेससहित २ महिला पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कृष्णनगर, ८ असाेज । कपिलवस्तु जिल्लाकाे नेपाल भारत सीमा क्षेत्रको कृष्णनगर भन्सार नाकामा ३७ किलाे लागूऔषध चरेससहित २ महिला पक्राउ परेका छन्।

मकवानपुर जिल्ला मनहरी गाउँपालिका-९ की ४० वर्षीया शान्ति तामाङ र रोल्पा जिल्ला घर भएर हाल कपिलवस्तुको शिवराज नगरपालिका-९ बनियाभार बस्ने ३५ वर्षीया वस्ती घर्ती रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

कृष्णनगर बसपार्कबाट भन्सार गेट हुँदै भारततर्फ जाँदै गर्दा उनीहरूको शंकास्पद गतिविधि देखेर सोधपुछ तथा खानतलासी गर्दा ३७ किलाे लागूऔषध चरेश बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।