२ कार्तिक २०८३, सोमबार

चीन र भारतबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ७ असाेज । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति बनेको छ।

सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको जानकारी दिएका हुन् । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ ।

गएको सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका नेताबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरता पूर्वक लागु गर्ने उल्लेख छ ।

सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ ।