२ कार्तिक २०८३, सोमबार

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरकाे विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ६ असाेज । भारतका विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

१३ औँ संस्करणको आइपिएल अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो ।

विराटको टिमले युजवेन्द्र चहल र नवदीप सैनीको कसिलो बलिङ्गको सहयोगमा हैदराबादमाथि जित निकालेको हो ।

बैंग्लोरले हैदराबादलाई जितका लागि १६४ रनको लक्ष्य दिएको थियो । हैदराबादले १९ ओभर चार बलमा मात्रै १५३ रन बनाउन सक्यो ।