काठमाडाैं, ६ असाेज । मंगलबार सामाजिक सेवा दिवस मनाइँदै छ।
आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएकाे हाे।
४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ।
समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरूको अनुगमन, मूल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरूको उपस्थितिमा दिवस मनाउने गरेको छ।











प्रतिक्रिया