१२ कार्तिक २०८३, बिहिबार

यि हुन संगीता र सीमामाथि एसिड प्रहार गर्ने युवक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jiban-BK

काठमाडौं, ६ चैत । राजधानीको बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले घटनाको २४ दिनपछि अभियुक्त २० वर्षीय जीवन विकलाई महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ का अभियुक्त विक संगीता बस्ने घरमै डेरा गरी बस्दै आएका थिए । प्रहरीले बुधबार भारतको सिक्किमबाट बिकलाई पक्राउ गरी नेपाल ल्याएको थियो ।

यसअघि संगीताले दिएको वयान अनुसार जीवनले उनीहरुलाई जिस्क्याउने गरेको थियो । जीवनले आफू विहान कराते सिक्न जाने बेलामा पछि लागेर सिठ्ठी बजाउने गरेको र झगडा पनि भएको थियो ।

महानगरीय अपराध महाशाखाका एसएसपी उत्तमकुमार कार्कीले पक्राउ परेका अभियुक्त विकलाई आज सार्वजनिक गरेको जानकारी दिनुभयो ।

आफूले पढ्ने ठाउँमा संगीताले पढ्न नमानेपछि आवेगमा एसिड आक्रमण गरेको अभियुक्त विकले वयान दिएको एसएसपी कार्कीले बताउनुभयो ।

फागुन १० गते एसएलसी परीक्षाको तयारीमा रहेको दुई किशोरी संगीता र सीमामाथि ए प्लस ट्युसन सेन्टरमा शिक्षकलाई पर्खिरहेको अवस्थामा जीवनले एसिड आक्रमण गरेका थिए ।

एसिड प्रहारबाट घाइते दुवै युवतीले अस्पतालबाट परीक्षा दिएका छन् । संगीता र सीमाको अहिले पनि केएमसी अस्पतालमा उपचार भइराखेको छ ।

प्रहरीका अनुसार यी युवकलाई १० देखि २० वर्षको जेल सजाय हुन सक्छ । अहिले उनलाई महानगरीय प्रहरी महाशाखा हनुमान ठोकामा राखिएको छ ।