३१ आश्विन २०८३, शनिबार

पेरिसडाँडामा निर्धारण गरिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकको तस्वीर ।

काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सोमबारका लागि निर्धारण गरिएको सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन् । अब बस्ने बैठक पेरिसडाँडामा नभइ बालुवाटार बस्ने बताइएको छ ।

‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ’, श्रेष्ठले ट्विटरमा लेखेका छन् ।

यसअघि पहिलो पटक आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो । आइतबारको बैठकमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो ।