
नेपालगञ्ज, ५ असोज । बाँकेमा एक जना कोरोना भाइरसबाट संक्रमित कैदीबन्दी बिरामीको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत सुर्खेतको गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।
भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका हुन् ।















प्रतिक्रिया