११ कार्तिक २०८३, बुधबार

फेवातालमा लामो समयपछि डुङ्गा सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, ५ असाेज । पोखराकाे फेवातालमा लामो समयपछि डुङ्गा सञ्चालनमा आएको छ।

लकडाउनका कारण लामो समयदेखि बन्द डुङ्गा असोज २ गतेदेखि सञ्चालनमा आएको हो।

सरकारले असोज १ गतेदेखि नै डुङ्गा सञ्चालनको अनुमति दिइए पनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।