३१ आश्विन २०८३, शनिबार

सोमबारदेखि शुक्रबारसम्म भारी वर्षा हुने, सचेत रहन आग्रह

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । भोलि सोमबारदेखि आगामी शुक्रबारसम्म देशभर भारी वर्षा हुने भएको छ ।

उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

विभागका अनुसार अनुसार आगामी ५ दिनसम्म देशभर मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना छ । केही स्थानमा हावाहुरीको समेत सम्भावनाले रहेको विभागका भनाइ छ ।

वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोप हुनसक्ने भएकाले सचेत रहन समेत विभागले आम नागरिकमा अपिल गरेको छ ।