१२ कार्तिक २०८३, बिहिबार

कांग्रेस उपसभापतिको घर विप्लव माओवादीको कब्जामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौं, ६ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाली काँग्रेसका उपसभापतिको घर कब्जा गरेको छ ।

विप्लव माओवादीले विहीवार कांग्रेस कास्कीका उपसभापति बिष्णु बाँस्तोलाको घर कब्जा गरेको हो ।

नगरविकास समितिको अध्यक्ष भएका बेला उपसभापति बाँस्तोलाले पोखरा बसपार्कको जग्गाबाट आर्थिक अनियमितता गरेको भन्दै घर कब्जामा लिइएको विप्लव माओवादीले जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा बलबहादुर थापालाई विप्लव माओवादीले आर्थिक अनियमितता गरेको आरोपमा विरेन्द्रनगरको गणेशचोकमा कालोमोसो दलेको छ ।

प्रशासन कार्यालयमा आर्थिक अनियमितता गरेको भन्दै मुख्यबजार क्षेत्र गणेशचोकमा कालोमोसो दलेर जुत्ताको माला लगाएको हो ।

जनगुनासो र उजुरीका आधारमा जनकारबाही सुरु गरेको माओवादीले नायव सुब्बा थापालाई कालोमोसो दलेको हो । पछिल्ला दिनमा नेकपा माओवादीले जग्गा कब्जा र कालोमोसो दल्ने कामलाई तिब्रता दिएको छ ।