३१ आश्विन २०८३, शनिबार

कर्णालीमा २९ जना कोरोना संक्रमित थपिए, २७ जना डिस्चार्ज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ४ असोज । पछिल्लो २४ घन्टामा कर्णालीमा २९ जनामा कोरोना भाइरसको संक्रमित थप भएका छन् भने २७ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका ७ जना, बर्दियाका ८ जना, दैलेख र सुनसरीका ३/३ जना, सल्यान, जाजरकोट, दाङ, कपिलवस्तु, लमजुङ, ओखलढुगा, बैतडी र बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार १३६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आइतबार प्रदेशमा थप २७ जना कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । यो सँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६८७ पुगेको छ ।