२ कार्तिक २०८३, सोमबार

थप १२ सय ४ जनामा कोरोना पुष्टि

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ४ सय ४७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

हाल देशभर १७ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।