३१ आश्विन २०८३, शनिबार

सर्लाहीको मलङ्गवामा कर्फ्यु जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ३ भदौ । सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी भएको छ ।

शुक्रबार विश्वकर्मा पूजापछि मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि शनिबार सम्भावित घटनालाई रोक्न कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

शुक्रबार सामान्य झडप भए पनि शनिबार बिहानैबाट दुई पक्षबीच तनाव सृजना भएपछि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको उनको भनाइ छ ।