१२ कार्तिक २०८३, बिहिबार

ढुङ्गाले च्याप्पिएर तीनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti_districtडोटी, ६ चैत । डोटीमा ढुङ्गा निकाल्दै गर्दा च्यापियर तीनजनाको मृत्यु भएको छ ।

डोटी जिल्लाको उत्तरमा पर्ने डौड गाविसको भल्मा भन्ने ठाउँमा घरको छाना छाउने ढुङ्गा निकाल्ने क्रममा बिहीबार च्याप्पियर तीनजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा डौड गाविस–३ का खली विष्ट, भक्त विष्ट र कन्थे विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गम्भीर घाइते लालबहादुर बोगटीलाई उपचारको लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।