७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ६९८ सहित उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । काठमाडौँ उपत्यकामा थप ८ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ गरी उपत्यकामा ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा बिहीबार ६ सय १८ जनामा संक्रमण देखिएको थियो ।

देशभर बिहीबार थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय ९० जनाको मृत्यु भइसकेको छ ।