३१ आश्विन २०८३, शनिबार

ग्लोबल आईएमई बैंकद्वारा २ वटा शाखारहित बैंकिङ सेवा शुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २२० पुगेको छ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–१, अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि साङ्गे शेर्पाले र झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी शाखाका लागि तीर्थराज काफ्लेलाई प्रतिनिधि नियुक्त गरेको बैंकले बताएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्न सकिने छ ।

यस्तै डिशहोम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायत सेवा पनि यो शाखाबाट पाइने छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा शुरू गरेको जानकारी दिएको छ ।

बैंकले हाल ७१ वटा जिल्लामा २५९ वटा शाखा, २३४ वटा एटीएम, ४३ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २२० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।