६ मंसिर २०८३, आइतबार

सिद्धार्थ राजमार्गको पहिरो हटेपछि एकतर्फी रूपमा यातायात सुचारु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानेसन, २ असोज । पहिरोका कारण अबरुद्ध पाल्पा जिल्लास्थित बर्तुङ–राम्दी सडकखण्ड एकतर्फी सुचारु भएको छ ।

शुक्रबार बिहान करीव पौने छ बजेको समयमा सिद्धार्थ राजमार्गअन्तर्गत कोइलाखानीमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो ।

पहिरोलाई हटाएर एकतर्फी रुपमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईले छिट्ट दुबैतर्फबाट यातायात सञ्चालन गरिने बताएका छन् । पहिरो हटाउने कार्य भइरहेको उनले बताए ।