काठमाडौं, ६ चैत । स्थानीय विकास मन्त्रालयले जनसहभागितामूलक योजनाका नाममा ६० करोड रुपैयाँका योजना सत्तारुढ सभासद तथा उनीहरुले सिफारिस गरेका कार्यकर्तालाई बाड्ने तयारी गरेको छ ।
कांग्रेस महामन्त्रीसमेत रहेका स्थानीय विकासमन्त्री प्रकाशमानसिंहको निजी सचिवालयको सिफारिसमन देशब्यापी योजना बाड्ने तयारी भइरहेको कान्तिपुर दैनिकले छापेको छ ।
जनसहभागितामूलक योजनालाई ६० करोड रुपैयाँ विनियोजन भएको थियो, स्रोतले भन्यो, मन्त्रीज्युको सचिवालयमा धमाधम निबेदन दर्ता भइरहेको छ ।
छानिएका योजनाहरु तोक लगाएर आएपछि सूचीसहित देशभरका जिविसलाई बजेटसहितको अख्तियारी पठाउँछौं ।















प्रतिक्रिया