१ कार्तिक २०८३, आइतबार

आन्दोलनमा ‘लाइफलाइन’ रोके भविष्यमा अयोग्य हुने गरी कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautamकाठमाडौं, ६ चैत । एमाओवादीले चैत ८ देखि घोषणा गरेको आन्दोलनमा राजधानीको जनजीवन अस्तव्यस्त बनाउने योजना रहेको ठहर गर्दै उच्च सुरक्षा बैठकले ‘लाइफलाइन’ रोक्नेमाथि भविष्यसम्मै असर पुर्‍याउने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

‘अति संवेदनशील सुरक्षा अवस्था’ आउनसक्ने भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा चैत २ र ३ गते लगातार बसेको सुरक्षा बैठकले सडक अवरुद्ध गर्ने, तोडफोड गर्ने र आगजनी गर्नेलाई सार्वजनिक अपराधको मुद्दा चलाउन सबै जिल्ला प्रहरी प्रमुख र सीडीओलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

विशेषतः युवा र विद्यार्थीलाई बढी निगरानीमा राख्ने योजना बनाएको सुरक्षा बैठकले पक्राउ परी सार्वजनिक अपराधको मुद्दामा परेका युवाको रेकर्ड राखेर भविष्यमा सरकाी जागिर र विदेश अध्ययन जाँदा अनिवार्य हुने प्रहरी रिपोर्टमा समेत उल्लेख गर्ने निर्णय गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।