
काठमाडौँ, १ असोज । सुर्खेतमा २८ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा वीरेन्द्रनगरको एयर्पोर्टस्थित राजदल गणमा कार्यरत नेपाली सेना रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा २८ जना नेपाली सेनामा संक्रमण देखिएको हो ।
छुट्टिमा गएर घर फर्केकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई सेनाकै आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।















प्रतिक्रिया