१ कार्तिक २०८३, आइतबार

बालगृहमै अनाथ बालबालिकालाई म्याद गुज्रिएको खाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khana Nepalकाठमाडौं, ६ चैत । अनाथ र असहाय बालबालिकाको संरक्षण गर्ने भनी अनुमति लिएर सञ्चालन गरिएको बालगृहले नै बालबालिकालाई अस्वस्थकर खाद्य पदार्थ खुवाउँदै आएको भेटिएको छ ।

केन्द्रीय बालकल्याण समिति, जिल्ला बालकल्याण समिति काठमाडौं, औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा बालगृहमा राखिएका बालबालिकालाई खुवाउने खाना गुणस्तरहीन पाइएको छ ।

अनुगमनमा काठमाडौं महानगरपालिका ९ तिलगंगास्थित ‘हाम्रो घर’ भन्ने बालगृहले बालबालिकालाई गुणस्तरहीन खाद्यान्न तथा औषधि खुवाउँदै पाइयो ।

औषधि विभाग तथा खाद्य विभागले बुधबार र केन्द्रीय बाल कल्याण समिति तथा जिल्ला बाल कल्याण समितिले मंगलबार उक्त बालगृहमा अनुगमन गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

अनुगमनका क्रममा उक्त बालगृहले बालबालिकालाई म्याद नाघेको खाद्यान्नदेखि मसला, विस्कुट र चाउचाउ खुवाउँदै आएको खुलेको थियो ।