
काठमाडौँ, १ असोज । प्रदेश १ मा थप १ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा एकै दिनमा थपिएका संक्रमितमध्ये यो अहिलेसम्मकै उच्च हो ।
१ हजार १ सय ५७ जनाको परीक्षण गरिएकोमा बिहीबार ५० महिला र १ सय २१ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बिहीबार थपिएका संक्रमितहरुमा मोरङमा ९२, सुनसरीमा ६३, झापाका ११, खोटाङ र धनकुटामा १ १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् । प्रदेश राजधानी रहेको विराटनगरमा मात्रै ५० पुरुष र १५ महिला गरेर ६५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया