७ कार्तिक २०८३, शनिबार

बिहीबार थपिए १२ सय ४६ कोरोना संक्रमित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।

हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप १ हजार २ सय ४३ जना कोरोनामुक्त भएसँगै निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ सय ८३ जना पुगेको छ ।