काठमाडौं, ६ चैत । हस्पिटलमा भेन्टिलेटरमा रहेकी ४३ वर्षीया एक महिलाको बिहीबार स्वाइन फ्लुले मृत्यु भएको छ ।
बुटवल, रुपन्देहीवाट ती महिलालाई थप उपचारको लागि राजधानीको अस्पतालमा रेफर गरिएको थियो ।
यो मृत्यु संगै स्वाइन फ्लुले मर्नेको संख्या चार पुगेको छ ।
यस अघि मोडेल अस्पतालमा एक महिला, ओम अस्पतालमा एक पुरुष र किष्ट मेडिकल कलेजमा एक पुरुष गरी तीन जनाको मृत्यु भएको कान्तिपुर दैनिकले छापेको छ ।
‘सास फेर्न गार्हो भएर ति महिलालाई भेन्टिलेटरमा राख्न यहा पठाइएको थियो’, ग्रिन सिटि अस्पतालका मेडिकल डाइरेक्टर डा.रोमियो कंसाकारले भने, ‘यहा आए पछि हामीले थप परिक्षणको लागि पठाउदा स्वाइन फ्लु भएको पुष्टि भयो ।’
‘उपचारमा संलग्न स्वासथ्यकर्मीहरुलाइ खोप उपलब्ध गराउने समेत व्यवस्था छैन’, डा।कंसाकार सरकार अस्पतालहरुलाई स्वाइन फ्लु संक्रमित विरामीहरुको उपचारको लागि सहयोग नगरेको गुनासो पोख्छन ।
हालको स्थितिमा मधुमेह, मुटू, कलेजो, स्नायु सहित दमका रोगी, बुढापाका, पाच वर्ष मुनीका वालवालिका, गर्भवतीहरुलाई स्वाइनको सम्भावित संक्रमण वाट आफूलाई जोगाउनु पर्ने चिकित्सकहरु बताउछन ।
मृगौला लगायत अंग प्रत्यारोपपण गराएकाहरुको साथै एचआईभीरएडस भएका वा रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई समेत स्वाइन संक्रमण वाट वाच्नु पर्छ ।
सरकारी तथ्याङ्क अनुसार हाल सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार ३ सय २७ जनामा स्वाइन फ्लु देखिएको छ ।















प्रतिक्रिया