७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा सवारीसाधनमा जोरबिजोर कायम रहने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । काठमाडौँ उपत्यकामा सञ्चालनमा आउने सवरीसाधनमा जोरबिजोर प्रणाली नै कायम हुने भएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकाल सम्मका लागि अत्यावश्यक बाहेकका यातायातमा जोरबिजोर कायम राख्ने निर्णय गरेको हो ।

त्यस्तै, प्रशासनले सभा, समारोह, भोजभतेर, पार्टीलगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न तथा भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ ।