
काठमाडौँ, ३१ भदौ । नेपालमा थप १ हजार ६८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनामा संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।
वुधबार देशभर थप १ हजार ५ सय ३९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।















प्रतिक्रिया