७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमित गर्भवतीले धुलिखेल अस्पतालमा जन्माइन् स्वस्थ बच्चा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । भक्तपुरकी कोरोना संक्रमित एक महिलाले धुलिखेल अस्पतालमा बच्चा जन्माएकी छन् ।

अस्पतालका अनुसार ति गर्भवती महिलाले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी थिइन् ।

आइतबार अस्पताल भर्ना भएकी उनमा सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।

उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ ।