
काठमाडौँ, ३१ भदौ । अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको हो ।
बाढीपहिरोका कारण उनको समयमै उपचार नपाउँदा मृत्यु भएको बताइएको छ ।
मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् ।
उनलाई गाडी चल्ने ठाउँसम्म बोकेरै लगिएको थियो । उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।















प्रतिक्रिया