
काठमाडौँ, ३० भदौ । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४० हजार ७ सय ८८ जना निको भइसकेका छन् । त्यस्तै, १५ हजार ९ सय ८९ जना रहेका छन् ।
जसमध्ये विभिन्न प्रदेशका गरेर २ सय २ जना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् भने १ सय ७४ जना आईसीयूमा रहेका छन् ।
बागमती प्रदेशमा सबैभन्दा बढी १२३ संक्रमित आईसीयूमा छन् भने २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश ५ मा २२ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, प्रदेश १ मा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा र सुदूरपश्चिममा १ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै, प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ९ जना संक्रमित आईसीयूमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया