७ कार्तिक २०८३, शनिबार

२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ११ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ३ सय ७१ पुगेको छ ।

मंगलबार देशभर थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ६२ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।