
झापा, ३० भदौ । हल्दिबारी नगरपालिका–३ ऐनाबारीस्थित कोवेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा चट्याङ परी मंगलबार बिहान आगलागी भएको छ ।
आगलाबीबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।















प्रतिक्रिया