
काठमाडौं, ३० भदौ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।















प्रतिक्रिया