इटहरी, ३० भदाै । कवि, गीतकार तथा गायिका गीता भट्टराईको शव झुण्डिएकाे अवस्थामा फेला परेकाे छ ।
इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराईकाे आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
घटनाको अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।
गायनमा समेत सक्रिय रहेकी भट्टराईले आइतवारसम्म आफ्नो फेसबुकमा साहित्यिक सामाग्री सम्प्रेषण गरेकी थिइन् ।
भट्टराईका पति, एक छोरा र एक छोरी छन् । भट्टराईले केही दिनअघि लोकप्रिय डेउडा गीत गाएर लोकप्रियता हासिल गरेकी थिइन् ।











प्रतिक्रिया