७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७ र ८५ वर्षका पुरुष रहेका छन् । त्यस्तै, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षी पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौँमा ४ सय ४० सहित उपत्याकामा थप ५ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार देशभर थप १ हजार १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ८ सय ७९ जना निको भएसँगै निको हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ । त्यस्तै, हाल नेपालभर १५ हजार ३ सय ९३ जनामात्रै सक्रिय संक्रमित रहेका छन् ।