
काठमाडौँ, २९ भदौ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली चालकलाई कोरोना पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि मेयर पराजुलीले स्वाब दिएका थिए ।
उनको रिपोर्ट भने नेगेटिभ आएको छ । यद्यपि चालकमा कोरोना पुष्टि भएपछि आफू सेल्फ क्वारेन्टिनमा बसेको बताएका छन् ।
महानगर कार्यालयले प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएसँगै अत्यावश्यक बाहेकका सेवाहरु ५ दिनका लागि बन्द गरेको छ ।















प्रतिक्रिया