
काठमाडौँ, २९ भदौ । काठमाडौँ उपत्यकामा थप ५ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ गरी उपत्यकामा ५ सय १२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उपत्यकामा आइतबार ५ सय ९७ जनामा संक्रमण देखिएको थियो ।
देशभर सोमबार थप १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय ६० जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया