७ कार्तिक २०८३, शनिबार

सोमबार थपिए ११ सय ७० कोरोना संक्रमित, १५ जनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । नेपालमा थप १ हजार १ सय ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय ७९ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

हाल देशभर १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ३ सय ६० जना पुगेको छ ।