
काठमाडौँ, २९ भदौ । वीरगञ्जमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिला रहेकी छन् । उनको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको भदौ १२ गते कोरोना पुष्टि भएको थियो भने दोस्रो पटक भदौ २२ गते पुनः पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो ।
उनलाई कडा खालको निमानिया भएको थियो ।
मृत्यु हुनुभन्दा पहिले गरिएको उनको स्वाब परीक्षण गरिएको थियो । जसमा नेगेटिभ आएकोले परिवारजनलाई शव जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।
वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।















प्रतिक्रिया