
सिन्धुपाल्चोक, २९ भदौ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ भीरखर्क र नाकुचेमा भीषण पहिरो खस्दा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
पहिरोमा पुरिएका थप २ जनाको शव सोमबार फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । भीरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिया विकको शव सोमबार फेला परेको हो ।
यसअघि शव भेटिएकाहरुमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया टासी शेर्पा, भीरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक छन् ।
यस्तै नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विकले पनि सोही पहिरोमा परी ज्यान गुमाएका छन् ।
पहिरोमा परी अझै १८ जना बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ । २ वटा बस्ती नै बगाएको उक्त पहिरोले भीरखर्कका १० र नागपुजे गाउँका ७ वटा घर पुरिएका छन् ।















प्रतिक्रिया