
काठमाडौं, २९ भदौ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्टार अस्पतालमा आइतबार गरिएको स्वाब परीक्षणबाट उनलाई कोरोना देखिएको हो । उनी अहिले सोल्टी होटेलको आइसोलेसनमा छन् । उक्त परीक्षणको रिपोर्ट सोमबार बिहान आएको हो ।
उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ । दुबै जनाले ३ दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान पुर्याएर फर्किएका थिए ।















प्रतिक्रिया