१ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद् बैठक आज बेलुका ५ बजे बस्दै, के–के हुँदैछ निर्णय ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । नियमित मन्त्रिपरिषद् बैठक आज बेलुका ५ बजे बस्ने भएको छ ।

आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने बताइएको छ । चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख र सरकारको प्रवक्ता तोक्ने तयारी सरकारको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै उक्त पद पनि खाली छ ।

यस्तै नेकपाको सचिवालय बैठकको निर्णयअनुसार पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको पनि बालुवाटार स्रोतको भनाइ छ ।

भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । तर, यो बीचमा पटक–पटक मन्त्रिपरिषद्को बैठक बसेको भए पनि उनलाई राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छैन ।