१ कार्तिक २०८३, शनिबार

आज कर्णालीबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । कर्णालीबाहेक देशका ६ वटा प्रदेशमा सोमबार ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । यी प्रदेशका केही ठाउँहरुमा अहिले पनि पानी परिरहेको छ ।

आज सोमबार दिउँसो पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

देशका अरु ठाउँमा भने आज दिउँसो मौसम सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । सोमबार राति पनि प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १–२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।