
काठमाडौं, २९ भदौ । श्रीमतीको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) लाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो । प्रहरीका अनुसार उनकी श्रीमती दिलमाया सुनारको २०५७ सालमा हत्या भएको थियो ।
घटनापछि फरार उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । त्यसपछि उनी फरार थिए ।
उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौँ बुझाएको थियो । उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ ।















प्रतिक्रिया