७ कार्तिक २०८३, शनिबार

बाघको जस्तो हड्डीसहित पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

स्याङ्जा, २८ भदौ । पुतलिबजार नगरपालिका १३ आहाले बस्ने केहर सिंह नेपालीलाई बाघको जस्तो देखिने हड्डीहरू सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

केहरको घरमा बाघको हड्डीहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले घरकोठा तलासी गर्दा काठको ठेकी भित्र लुकाई राखेको अवस्थामा बाघको जस्तो देखिने टाउको, बङ्गरा च्यापु समेतको भागको ८१ वटा हाडसहित उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद हाडहरू सहित आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय स्याङ्जामा बुझाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।